अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय  अनुसन्धानका लागि पूर्वी नवलपरासी पुर्‍याइएको छ । थप् अनुसन्धानका लागि तनहुँको हिरासतबाट सारी उनलाई नवलपरासीको गैँडाकोट लगिएको हो l मंगलबार बिहान सुरक्षाका गैँडाकोट लगिएको जानकारी गराइएको हो l फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l तनहुँ जिल्ला अदालतले उनलाई थप् १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई गत आइतबार आदेश दिएको थियो l फागुन १५ बाट पल शाहलाई तनहुँ प्रहरीको हिरासतमा राखिएको थियो ।