फिल्म ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्मलाई निर्माण टिमले वैशाख १६ मा रिलिज गर्ने भएका हुन् l फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् l गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् l फिल्मको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । ५१०० मिटरभन्दा माथिको उँचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायांकन गरीको फिल्ममा सौगात र दियाको अलावा बुद्धि तामाङ, नमिता घिसिङ, वीर बहादुर लामा, पासाङ टी शेर्पालगायतका कलाकारको अभिनय रहेका छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन समावेश छ l