बलिउड अभिनेत्री आलिया भट्टले हलिउडमा डेब्यु गर्ने भएकी छन्  । फिल्म ‘हर्ट अफ स्टोन’ बाट उनले हलिउडमा पाइला चालेकी हुन् l साइन समेत गरी सकेकी आलियाको उक्त फिल्म नेटफिलक्समा रिलिज हुँदै छ । मुख्य भूमिकामा आलियालाई ‘हर्ट अफ स्टोन’ मा अनुबन्धित गरिएको भारतिय संचारमा उल्लेख छ l टम हार्परको निर्देशन रहने फिल्ममा आलियाका अलावा गाल गडोट र जेमी डोरम्यानको मुख्य भूमिका छ । यही वर्ष रिलिज गरिने तयारीका साथ निर्माण टिमले फिल्मको छायांकन चाँडै नै सुरु गर्दै छ l आलिया अभिनीत बलिउड फिल्म  ‘गंगुबाई काठियावाडी’ हाल सिनेमा घरहरूमा रिलिज भैरहेको छ l आलियाको अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् भने फिल्मले बक्स अफिसमा दमदार कमाइ पनि गरिरहेको छ l