गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता उत्साहजनक ब्यपार गरेको चलचित्रले दोस्रो साता पनि राम्रो सुरुवात गरेको छ । निर्माण पक्षको अुनसार पहिलो तिन दिनमा चलचित्र ३ करोड ४८ लाख ४१ हजार कलेक्शन गरेको छ । त्यस्तै बाँकी ४ दिनमा चलचित्रले १ करोड ५९ लाख ४३ हजार कलेक्शन गरेको छ । पहिलो साताको कमाईबाट सिनेमाले लगानी सुरक्षित गरिसकेको छ । पछिल्लो ४ दिनमा सिनेमाले राजधानीबाट क्रमस‘ २५ लाख १५ हजार, ३० लाख १५ हजार, १८ लाख ५५ हजार, र १६ लाख कलेक्सन गर्यो । त्यस्तै राजधानी बाहिरबाट क्रमस‘ २१ लाख २५ हजार, १९ लाख २८ हजार, १५ लाख ५ हजार र साताको अन्तिम दिनमा १४ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दावी गरेका छन् ।
यसरी हेर्ने हो भने निर्माण पक्षको अनुसार चलचित्र ‘ए मरो हजुर २’ले पहिलो साता देशभरबाट ५ करोड २ लाख ८४ हजार कलेक्सन गर्न सफल भएको छ । झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा र संजय लामाको छायाँकन छ ।