भुटानी नायिका उँगेन छोदेन काठमाडौँमा आइपुगेकी छन् l फिल्म‘२ नम्बरी’ को  छायाँकनका लागि उनी थिम्पुबाट काठमाडौँमा आइपुगेकी हुन् l  केही प्रतिशत छायांकन हुँदा हुँदै कोरोना कहरका कारण बिचैमा रोकिए पछि उनी भुटान नै फर्किएकी थिइन् । दीपेन्द्र लामाको निर्देशन रहने यो फिल्ममा दयाहाङ राई सँग उगेनले स्क्रिन सेयर गर्ने छिन् l निर्माण टिमले फेरी सुरु देखिनै फिल्म खिच्दै छन् l फिल्ममा दयाहाङ राई पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उँगेन छोदन र जयनन्द लामाको मुख्य भूमिका थियो ।  तर कलाकार जयनन्द लामाको निधन हुनुका साथै पल बलात्कार काण्डमा हिरासतमा परे पछि निर्माण टिमले फिल्मलाई अगाडि देखी नै खिच्ने योजना बनाउँदै कलाकार पनि हेरफेर गरेका छन् l फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले चैतको पहिलो सातादेखि कास्कीको ल्वाङघलेल गाउँबाट छायाँकन सुरु हुने जानकारी दिएका हुन् । फिल्मको छायांकन पोखरा आसपासमा पनि हुनेछ ।