फिल्म ‘२ नम्बरी’मा पलको ठाउँमा सौगात मल्लले लिने खबर बाहिरिएको छ l बुझिए अनुसार फिल्म निर्देशक दीपेन्द्र लामाले नायक मल्ल सँग कुरा पनि गरी सकेका छन् l सौगात फिल्म गर्न सकारात्मक भए पनि औपचारिक सम्झौता भने हुन बाँकी रहेको स्रोत बताउँछ । फिल्ममा दयाहाङ राई, वर्षा राउत, भुटानी अभिनेत्री उँगेन छोदनको मुख्य भूमिका छ ।  फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् l चैतको पहिलो सातादेखि कास्कीको ल्वाङघलेल गाउँबाट छायाँकन सुरु हुने फिल्मलाई पुनः सुरुबाट नै निर्माण टिमले खिच्दै छन् । फिल्मको छायांकन पोखरा आसपासमा हुनेछ ।