अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय  अनुसन्धानका लागि गैँडाकोट बाट कावासोती पुर्‍याइएको छ l हातमा हतकडी सहित शाहलाई आज कावासोती पुर्‍याइएको हो l एक नाबालिग गायिकाले तनहुसंगै गैँडाकोटमा पनि पल विरुद्ध जाहेरी दिएकी थिइन्। थप् अनुसन्धानका लागि गैँडाकोटको हिरासतबाट सारी उनलाई कावासोती लगिएको हो l  फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l तनहुँ जिल्ला अदालतले उनलाई थप् १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई गत आइतबार आदेश दिएको थियो l