निर्देशक मिलन चाम्सले फिल्म 'बर एन्ड बधू' निर्देशन गर्दै छन् l नायिका फाइनल भैसकेको फिल्म अब नायक पनि पक्क भैसकेको छ l फिल्ममा आँचलको वरको रुपमा विवेक कर्माचार्य देखिने पक्का भएको हो । फिल्ममा नायिका आँचलले 'बधू' को भूमिका निभाउने छिन् l  फरक कथा बस्तुमा निर्माण हुने यस फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गर्दै छ l कमेडी र प्रेमकथामा निर्माण हुने यो फिल्ममा आँचलको निर्देशक चाम्स सँगको पहिलो सहकार्य हो l