फिल्म ‘बुलाकी’ फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ l फिल्मको मुख्य नायिका सुरक्षालाई प्रस्तुत गर्दै निर्माण टिमले आज फर्स्ट लूक् सार्वजनिक गरेको हो l पोस्टरमा देखाइएको नायिका पन्तको अवतारले दर्शकलाई कौतुहलता प्रदान गर्न सक्दछ । जारी प्रथा माथि बनेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् l मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगात कँडेल सह-निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् l फिल्मको अब दुई वटा गीत खिच्न बाँकी छ l सुरक्षाको अलावा फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।