प्रहरीको साइबर ब्युरोले यती बेला भटाभट्ट पल शाह प्रकरणमा बारे अनेक थरी बोल्ने र चरित्र हत्या गर्ने अनेकौँ युट्युबरहरुलाई पक्राउ गरिरहेको छ l हाल सम्म ब्युरोले कयौँ पक्रेको खबर अफिसियल सञ्जाल मार्फत जानकारी गराइरहेको छ l  हालै  अर्का दुई व्यक्ति पनि ब्युरोको फन्दामा परेका छन् l  उत्तेजित अन्तर्वार्ता दिने उदासी हरि परियार र युट्युबर निशान चिलवाल पक्राउ परेका हुन्  l नेपाल मिडिया नामक युट्युब च्यानलमा पल प्रकरण बारे उत्तेजित शब्द प्रयोग गरी परियारले अन्तरवार्ता दिएका थिए l