फिल्म ‘परदेशी २’ को र फस्ट लूक पोस्टर सार्वजनिक गरिएको छ l सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत , दिलीप रायमाझी , प्रशान्त तामाङ , केकी अधिकारी , र वर्षा सिवाकोटीलाई देखाइएको छ l आगामी दसैँमा प्रदर्शन हुने फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् l यसै फिल्म मार्फत गायक प्रकाश सपुतले नायकको रुपमा डेब्यु गरेका छन् l रमेश विजीले कथा रहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा बोल्ने 'परदेशी २' २०७२ सालमा प्रदर्शनमा आएको फिल्म 'परदेशी' को सिक्वेल हो l