रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो एपिसोड प्रसारण भएको छ l  ओ एस् आर डिजिटल बाट शोको पहिलो एपिसोड प्रसारण गरिएको हो l युट्युबमा पहिलो एपिसोडले ट्रेन्डिङमा स्थान पाएको छ l सकारात्मक प्रतिकृया पाउनुका साथै पहिलो एपिसोडलाई नै दर्शक श्रोताले अत्यधिक मन्पराएका छन् l 

डी म्युजिक टिभीको प्रस्तुति रहेको उक्त शोलाई सुदिप पोखरेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।  र्यापर बालेन शाह, गिरिस् खतिवडा र मानस घले जज् रहेको शोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा छन् । फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् । शो मा विजयी हुने प्रतिस्पर्धीले रु १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् ।