कलाकार बुद्धि तामाङले अहिले बिहे गरे बाल विवाहमा पर्न सक्ने भन्दै ठट्यौली तर्क दिएका छन् l गत मंगलबार फिल्म ‘मन्त्र’को लागि राखिएको कार्यक्रममा एक्लो जीवन बिताइरहेका बुद्धिलाई सो प्रश्न गर्दा उक्त अभिव्यक्ति दिएका हुन् l
पत्रकारले बुद्धिलाई ' अब त बिहे गर्न ढिला भएको जस्तो लाग्दैन तपाइलाई' ? भनेर प्रश्न सोध्दा उनले अहिले बजारमा घटी रहेको घटना पल प्रकरणलाई इशारा गर्दै बिहेको कुरा टार्दिएका थिए l साथै आफू भखर् १७ वर्ष भएको उनको भनाइ छ l सिने बजारमा बुद्धि हाँस्य चरित्रमा सबैभन्दा बिकाऊ कलाकारमा पर्छन् ।