गायनमा आधारित रहेको रियालिटी शो नेपाल आइडल विरुद्ध परेको रिट काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो । गत साता नो इलमिनेसन राउण्ड भएसँगै सामजिक सञ्जालमा चर्को आलोचना भए पछि अधिवत्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौँ जिल्ला अदालतमा रिट दायर गरेका थिए । यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।