नायिका केकी अधिकारी र नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का जायर एपको ब्रान्ड एम्बेसडर बनेका छन् । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा केकी र पारसलाई ब्रान्ड एम्बेस्डर बनाइ उक्त एपको औपचारिक शुभारम्भ गरिएको हो l यो एपबाट मोटरसाइकल र ट्याक्सी दुवैको सेवा लिन सकिनेछ । जायर एपमा महिलालाई विशेष सुविधासहित महिला राइडरबाट नै महिलालाई सेवा लिने व्यवस्था समेत गरिएको छ । एप प्रयोग गर्न सजिलो, सहज र उचित मूल्यबाट सेवा पाइने छ । यो एप प्रयोग गर्ने प्रयोगकर्ताको क्वाइन जम्मा हुने, क्वाइनलाई सापटीको रूपमा साथीलाई दिन मिल्ने तथा जम्मा भएको क्वाइनबाटै एपको सुविधा लिन सकिने छ l यसको नेतृत्व मिठाराज दाहालले गरेका छन् ।