पल्पसा डंगोलको उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ । भाइ अजु डंगोलले मिर्गौला दिएका चम्सुरीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रत्यारोपण गरिएको हो l आठ महिनाअघि उनका दुवै मिर्गौला फेल भएका थिए । विगत ५ वर्ष देखी मिर्गौला रोग बाट ग्रसित उनको डायलसिस गर्ने क्रममा रगत नआएपछि आत्तिएकी उनलाई कलाकार तथा निर्देशक दिपाश्री निरौला भेट्न गएकी थिइन् l त्यस पस्चात भने उनी अस्वस्थ रहेको खबर बाहिरिएको थियो l