‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौँ संस्करण अमेरिकामा हुने भएको छ l अमेरिका स्थित टेक्सस राज्यको ड्यालस सहरमा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने भएको हो l अवार्डको पाँचौँ संस्करणलाई ’एटिए एभरेष्ट इन्स्यूरेन्स’ले प्रायोजन गरेको छ । एलएलसी अमेरिका र एसोसिएसन अफ नेप्लीज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा हुन लागेको अवार्डले नेपाललाई विदेशीहरूमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार वा परिचित गराउने लक्ष्य बोकेको छ l यस अघिका चार वटै संस्करणहरू अमेरिकाका विभिन्न राज्यहरूमा भएका थिए । सन् २०१६, २०१७ र २०१८ मा कोलोराडोको डेनभर सहरमा साथै २०१९ मा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्को सहरमा भव्य रुपमा अवार्ड सम्पन्न भएका थिए । विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन । हरेक पटकको झैँ यस पटक पनि अवार्ड निष्पक्ष हुने कार्यक्रममा जानकारी गराइएको थियो l ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्ज्वल घिमिरे, आर्यन सिग्देल, रवीन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल, सूर्य चन्द लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्लले कार्यक्रममा बताएका थिय ।