कलाकारीताका साथै राजनीतिमा पनि सकृय रहेकी नायिका करीश्मा मानन्धरले पूर्व प्रधानमन्त्री केपी ओली सँग भेट गरेकी छन् l एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बुधवार बालकोट पुगेकी करीश्मा ओली सँग पार्टी प्रवेशबारे छलफल गर्न बालकोट पुगेकी हुन् l यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएकी करिश्मा यती बेला एमाले सँग नजिक हुन खोजी रहेकी छन् l एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिँ भेटेर छलफल गरेँ ।’