महानायक राजेश हमालले काठमाडौँको मेयर हुने इच्छा रहेको बताएका छन् l एक कार्यक्रममा उनले आफूलाई मेयर हुने इच्छा जागेको बताएका हुन् l ‘राजेश हमालसँग एकदिन’ नामक कार्यक्रमको ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एक पटक काठमाडौँ शहरको मेयर बन्नुपर्छ कि क्या हो म ? भनेर उनी भन्छन् l

ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन् । उक्त ट्रेलर राजेशकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l कार्यक्रम प्रसारणको तयारीमा रहेको छ l