‘कमेडी क्लब विथ च्याम्पियन’ को अध्यक्षको भूमिकामा दिपाश्री निरौला देखिने भएकी छिन् । कि इन्टरटेन्मेन्टसंग दिपाश्रीले सम्झौता गरिसकेकी छिन्। हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनमा चाडै नै प्रसारण हुने यस शो मा इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त प्रस्तुति रहेको छ l कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरू पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की रहेका छन् । शोलाई विशाल भण्डारीले निर्देशन गर्दै छन् ।