अभिनेत्री मलिका महत टेस्ट सेन्टर नेपालको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त भएकी छन् । हिमाअस एजुकेसन कन्सल्टेन्सी अन्तर्गत रहेको कम्पनीले मलीकालाई एक वर्षको लागि सम्झौता गरेको हो । हिमाअसले काठमाडौँ सहित नेपालका अन्य सहरहरूमा पनि टेस्ट सेन्टर नेपालले सेवा दिँदै आएको छ । जसमा काठमाडौँ, पोखरा, इटहरी, चितवन लगायतका स्थानबाट बिद्यार्थीहरुले सेवा लिँदै आइरहेका छन् l वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई लक्षित गर्दै भाषा परीक्षाहरू आईएलटीएस, पीटीई, टोफेलजस्ता कक्षा उक्त कन्सल्टेन्सीमा हुने जनाइएको छ । साथै संस्थाले विद्यार्थीको शैक्षिक जाँच लिनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ ।