अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । केही समय अघि ‘रुमाल चिनो देउ’बोलको गीत सार्वजनिक भएसँगै यतिबेला स्याड भर्सनको गीत सार्वजनिक भएको हो । कात्र्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’मा रेखाको साथमा अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको छ । सार्वजनिक गीतमा बानीका प्रधानको स्वर रहेको छ भने सुरेश अधिकारिको शब्द र संगीत रहेको छ ।

 

सुदिप सिहले निर्देशन गरेको चलचित्रमा रेखा र आर्यन आठ बर्षपछी एक साथ देखिन लागेका हुन् । चलचित्रको ट्रेलर भने यहि सोमबार सार्वजनिक हुने अभिनेत्री थापाले जानकारी दिइन् ।