चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ बिहे गर्ने तयारीमा छन् । लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी यो जोडीले आगामी वर्षलाई रोजेका हुन् l बुवामाको सर सल्लाहमा उनीहरूले आउँदो वर्ष बिहे गर्न लागेका हुन् । सृष्टि २०१२ की मिस नेपाल पनि हुन् । केही वर्षदेखि लिभिङ टुगेदरमा सँगै एकसाथ बस्दै आएका सौगात र सृष्टिले आगामी वर्ष लगनगाँठो कस्न लागेको बताइएको हो । ।