लगभग एक दशक पछि जुरमुर्‍याएको गुरुकुलमा यती बेला लगातार नाटकहरू मञ्चन भइरहेको छ l बिना विश्राम एक पछि दोस्रो नाटक मञ्चन भइरहेको गुरुकुलमा यती बेला ‘ताराबाजी लै लै’ मञ्चन भइरहेको छ । गत मंगलबार बाट थापा गाउँ स्थित गुरुकुल यानिकी कुञ्ज नाटक घरमा  मञ्चन भइरहेको नाटक स्कुलका विद्यार्थी र शिक्षकको कथा हो । स्वर्गीय निर्देशक प्रसिद्ध नर्वेली निर्देशक मोर्टन क्रोगले निर्देशन गरेको नाटकलाई पुनः उनको सम्झनामा मञ्चन गरिएको हो l नाटकको सङ्गीत उत्सव बुढाथोकीको समन्वयमा तयार पारिएको हो । नाटकमा स्कुले साथीहरूबिच हुने रिस, माया, ख्याल ठट्टा लगायतका विभिन्न पक्षलाई समेटिएको छ । आलोक थामी, राज न्यौपाने, सम्झना आचार्य भट्टराई, निता राई, मोहन राई, सुवास तिमल्सिना, सौजन सेनेहाङ, तुफान थापा, निशान्त खत्री, प्रमीला विक लगायतको अभिनय रहेको नाटक १३ चैतसम्म सोमबारबाहेक हरेक दिन साँझ साढे पाँच बजे तथा शनिवार दिउँसो साढे १ मा मञ्चन हुनेछ । नयाँ गुरुकुलको यो दोश्रो नाटक हो l