महानायक राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नै आवाजमा महानायकको यो दोश्रो गीत हो l गोविन्द भट्टले शब्द सृजना रचेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् l उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
भिडियोमा राजेश हमालसँगै उत्तम के.सी, शिवराज कार्की, सुरेन्द्र कुमार दाहाल, गोविन्द भट्ट र सुनिल देवकोटा लगायत कलाकारहरूको अभिनय छ । गाउँले परिवेशलाई प्रस्तुत गरिएको गीतको भिडियोलाई गरीमा फिल्मस युट्युब च्यानल बाट रिलिज गरिएको छ l