सर्ट फिल्म ‘हुन्डी’ मा सार्वजनिक भएको छ l मह जोडीको सर्ट फिल्म बिहीबार मह सञ्चार युट्युब च्यानलमा अपलोड गरिएको हो । हुन्डीलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मिलेर निर्देशन गरेका हुन् ।  गोकुल अधिकारी र रामशरण उप्रेतीले फिल्मको छायाँकन संयुक्तमा गरेका छन् । कथा, पटकथा र संवाद हरिवंशकै छ ।

फिल्ममा हरिवंश आचार्य, सविन श्रेष्ठ र अनु शाह, किरण केसी, किरण तुलाधर, प्रिया रिजाल लगायत कलाकारहरुको अभिनय छ ।  भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रेनेश फागुले रंग संयोजन गरेका छन् ।