‘बादलहरू’ बोलको गीत सार्वजनिक भएको छ । राज गोस्वामीको सुमधुर आवाज गुन्जिएको गीतको रचना नायिका सुरक्षा पन्तको रहेको छ l मानव सुवेदीको संगीत गीतमा समावेश छ l

भिडियोलाई निर्देशक मानव सुवेदीले निर्देशन तथा सम्पादन गरेका हुन् l साथै , भिडियोमा देखिएका र सुनिएका पटकथा एवं संवाद अभिनेत्री पन्तकै हो । भिडियोमा सुरक्षा पन्त, घनु जोशी र राज गोस्वामीले अभिनय गरेका छन् । बिकट गाउँमा बिजुली बत्ती पुग्दाको खुसीयाली भिडियोमा देख्न सकिन्छ l