केही दिन अगाडी सरकारले एप तथा युट्युब सञ्चालन गर्नु अघि केही रकम धरौटी राख्नु पर्ने बिग्यप्ती निकाले पछि अहिले त्यसको बारेमा थुप्रै प्रश्न हरू उठेका छन् l कत्तिले यस बारे विरोध गरी रहेका छन् भने प्रश्न पनि बारम्बार सरकार समक्ष राखी रहेका छन् l यसै बारे अभिनेता खगेन्द्र लामिछानेले पनि सरकारलाई प्रश्न गरेका छन् l यस बारे उनले असन्तुष्टि पोख्दै स्वदेशमै बनाएर सञ्चालन भइरहेका सिनेमा घर लगायतका एप, जसले विदेशबाट आफ्नो देशमा डलर ल्याउने सपना देखेकाले कति धरौटी तिर्नु पर्छ भनेर सोधेका छन् l सामाजिक सञ्जाल मार्फत सरकारलाई प्रश्न गर्दै उनी लेख्छन् :नेपाल सरकारलाई सोझो प्रश्न नेपालबाट डलर सोहोरेर विदेश लैजाने विदेशी एपलाई एक करोड धरौटी राख्न लगाउने कुरा नाजायज छैन । तर स्वदेशमै बनाएर सञ्चालन भइरहेका सिनेमा घर लगायतका एप, जसले विदेशबाट आफ्नो देशमा डलर ल्याउने सपना देखेका छन् तिनीहरूले कति धरौटी राख्नु पर्ने हो कृपया प्रस्ट पारिदिनु भए आभारी हुने थियौँ ।