बलात्कार आरोपमा हिरासतमा बिताइरहेका अभिनेता पल शाहको म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको छ l म्यानेजर कृष्ण जोशीलाई पल शाहका लागि मतियारको काम गरेको आरोपमा बयान दिन जाने क्रममा प्रहरीले पक्राउ गरेको हो l पल बिरुद्द फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l