आर एन्स क्रिएसनको आयोजना रहेको 'नेपहपको श्रीपेच' प्रसारण भैसकेको छ । गत बिहीबार बाट प्रसारण गरिएको शोलाई दर्शकले अत्यधिक रुचाएका छन् । शोलाई सुदिप पोखरेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् । र्यापर बालेन शाह, गिरिस् खतिवडा र मानस घले जज् रहेको शोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा छन् । फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचमा छानिएका छन् । भने डिजिटल अडिसन बाट पनि सहभागी भएकालाई छानिएको थियो । ८००० भिडियो पाएका आयोजकहरूले ६०० भिडियो चुनेका थिय । जस् मध्य पनि ती ६०० बाट आयोजकको नजरमा ४० मात्र परे । काठमान्डौ ,पोखरा ,इटहरी ,चितवन र बुटवलमा डिजिटल अडिसन गरिएको थियो । अबको ४० जनाले टपिक राउन्डमा प्रतिस्पर्धा गर्ने छन् । भोटिङको आधारमा ४० प्रतिस्पर्धी मध्य ४ जना फाइनलमा पुग्ने छन् । टप १२ र १० बाट २ जना एलिमिनेट हुन्छन् भने टप ८ देखि प्रत्येक हप्ता एक जना एलिमिनेट हुने छन् । साथै फाइनलमा ४ जना र्यापर बिच प्रतिस्पर्धा हुने छ । सो मा विजयी हुने प्रतिस्पर्धीले रु १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् l