यस बर्षको प्रतिक्षित चलचित्र ‘छक्का–पञ्जा २’लाई यतिबेला राहत मिलेको छ । असोज ११ गते प्रदर्शन मिति तय भएको ‘छक्का–पञ्जा २’को सोही मितिमा छविराज ओझा निर्मित चलचित्र ‘मंगलम’ आउने तय भएको थियो । तर अब ‘मंगलम’को मिति तय सरेर फाल्गुनमा ४ गते पुगेको छ ।

दुवै ठुलो ब्यानरको चलचित्र एकसाथ जुध्दा दुवै चलचित्रलाई असर पर्ने जाने चर्चा सुरु भएसँगै ‘छक्का–पञ्जा २’का निर्माता र ‘मंगलम’का निर्माता छविराज ओझा बिच छलफल भएको थियो । ‘छक्का–पञ्जा २’ निर्माता गिरीले फेसबुकमा स्टाटस राख्दै सहमति र सहकार्यलाई निरन्तरता दिने निर्णयका साथ ‘छक्का पञ्जा २’ असोज ११ गते र ‘मंगलम’ फाल्गुन ४ गते प्रदर्शन हुने जानकारी दिए ।