गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै आधिकारिक युट्युब च्यानल बाट प्रकाशले नयाँ गीत ‘पिर’ सार्वजनिक गरेका हुन् । प्रकाशकै भोकल , शब्द रचना र लय सिर्जना रहेको गीतले राजनीतिमा लागेर आखिर के चाहिँ पाइयो भन्दै विदेश भासिनुको पिडा भिडियोमा देखाएको छ l भिडियोमा केही त्यस्ता पात्रहरू समेटिएका छन् जसले ज्यानको बाजी थापेर देशलाई नयाँ व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन् । कन्सेप्ट र निर्देशन पनि प्रकाशकै रहेको छ l
नवराज उप्रेतीको दृश्य कैद र विपिन भाट्को सम्पादन 'पिर' मा समावेश छ l भिडियोमा प्रकाश सपुत , सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन 'केसरी', पुष्प अवस्थी र विशाल घिमिरेको अभिनय रहेको छ l