नायक तथा गायक आमेश भण्डारीको आवाज र शब्दमा गीत 'बर्बाद' रिलिज भएको छ l युट्युब च्यानल आइ क्याच स्टुडियो गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो l गीतको लय सिर्जना पनि स्वयम् भण्डारीकै रहेको छ l
रोमन बज्राचार्यको संगीत संयोजन गीतमा समावेश छ l आमेशले यस अघि पनि थुप्रै गीतहरू बजार ल्याइ सकेका छन् l बाबा ,मेरो लागि तिमी , रुम नम्बर १८ लगायत उनका गीतहरू हुन् l