सर्ट मुभी 'अ गुड् जोक' सार्वजनिक भएको छ । स्वामी आत्मो पुष्पको कथा तथा निर्देशनमा तयार पारिएको यस सर्ट मुभीमा स्क्रिनप्ले र संवाद पुष्प र प्रदीप केसीको रहेको छ । बाल कृष्ण लम्साल र चिरञ्जीवी वि क निर्माता रहेको सर्ट मुभीलाई भुपेन थापा मगरले खिचेका हुन भने सम्पादन नकुल खडकाले गरेका हुन ।
आजभोलि आफू भाइरल हुन र पैसा कमाउनको लागि जे पायो त्यही भिडियो खिच्ने र कसैको अनुमति बिना नै भिडियो सार्वजनिक गरेको पाइन्छ । जुन कुरा एकदमै गलत हो । यस्तो खालको भिडियोहरू बनाउँदा अरूलाई नराम्रो असर पर्न सक्छ । प्रस्तुत सर्ट मुभी पनि यस्तै कथावस्तु समिटिएर तयार गरिएको छ । मुभीमा स्वामी आत्मो पुष्पा, विपिन जैस्वाल प्रतिकक्षा खतिवडा, रोहित कार्की, बाल्कुमार राई र अविनाश राईको अभिनय रहेको छ l