फिल्म ‘परस्त्री’को शुभ मुहूर्त गरिएको छ । सुरज पाण्डेको निर्देशन रहने फिल्मको आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्तसँग छायांकन सुरु गरिएको हो l नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने सिनेमाको शुभ मुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । कार्तिक ६ गतेलाई रिलिज मिति तय गरिएको हो l डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । लेखक तथा निर्माता दीपेन्द्र के खनालको कथा रहेको फिल्मलाई नीरज कँडेलले खिच्ने छन् । छायांकनका लागि निर्माण टिम आजै मुस्ताङ प्रस्थान गरेका छन् l