आगामी १० गते बाट फ्लोरमा जाने नेपाली कथानक चलचित्र "मिरा "को एक पोस्टर राजधानीमा भएको एक भब्य कार्यक्रम स्पर्श म्युजिक भिडियो अवार्ड बिच सार्वजनिक गरियो। सोही कार्यक्रम बिच सो चलचित्रमा चर्चित नायिका सुस्मा अधिकारी ,चर्चित मोडेल साथै स्पर्श म्युजिक भिडियो को मेल मोडेल विजेता जोर्डन राज भण्डारी ,सरस्वती श्रेष्ठ ,राजेश बिसुराल,शंकर लाल श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,दिनेश शाही,प्रशान्त के.सी.रोहिणी मिश्र , करुणा बस्नेत,आरती बस्नेत ,राजु चौहान,अनिल दाहाल,समीक्षा खत्री,प्रेबिल कँडेल,समर पुरी,सूर्य राई दनुवार, रितेश गुप्ता, लाल बहादुर लामा,निजल लामा,जोन क्षत्री लगायत नेपाली चलचित्रका व्यस्त कलाकारहरू तथा थिएटरका अनुभवी कलाकारहरूलाई अनुबन्धित गरिएको दि लाइफ एक्सप्रेस मुभी मेकर्सका अध्यक्ष तथा चलचित्र निर्देशक रोशन कुमारले जानकारी दिनुभयो। चलचित्रमा सुरेन्द्र महर्जन अमर,नारायण नेपाल,शंकर लाल श्रेष्ठको गीत रचनालाई संगीतकार क्रमशः सम्भुजित बास्कोटा ,सन्तोष श्रेष्ठ र सूर्य राईले संगीत भरेका छन् ।
साथै यस् अघि प्रमुख कलाकारहरूमा रमेश छेत्री,रजिना अर्याल,सञ्जय ढुङ्गाना, उन्नत जङ उप्रेती ,प्रमीला विश्वकर्मा छनौट भैसकेका छन् । चलचित्रको कथा प्रेम बस्यालको रहेको छ l स्मरण रहोस् मिरा चलचित्र एक निन्दनीय घटना बलात्कार को मुद्दा लाई लिएर बनाइने यथार्थवादी चलचित्र रहने कुरा यश अघि चलचित्रको मुहूर्त समारोहमा नै जानकारी गराइएको थियो । चलचित्र टिमलाई हाम्रो शुभकामना ।