गायक प्रकाश सपुतको नयाँ गीत युट्युब ट्रेन्डिङमा परेको छ l आफ्नै आधिकारिक युट्युब च्यानल बाट प्रकाशले रिलिज गरेको गीत ‘पिर’ युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ । हाल सम्म भिडियोलाई युट्युबमा २४ लाख माथि दर्शकले हेरेका छन् l भने गीतलाई अति नै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ l प्रकाशकै भोकल , शब्द रचना र लय सिर्जना रहेको गीतले राजनीतिमा लागेर आखिर के चाहिँ पाइयो भन्दै विदेश भासिनुको पिडा भिडियोमा देखाएको छ l भिडियोमा केही त्यस्ता पात्रहरू समेटिएका छन् जसले ज्यानको बाजी थापेर देशलाई नयाँ व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन् । कन्सेप्ट र निर्देशन पनि प्रकाशकै रहेको छ l नवराज उप्रेतीको दृश्य कैद र विपिन भाट्को सम्पादन 'पिर' मा समावेश छ l भिडियोमा प्रकाश सपुत , सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन 'केसरी', पुष्प अवस्थी र विशाल घिमिरेको अभिनय रहेको छ l