फिल्म 'चिसो एस्ट्रे' को च्यारीटी सो आयोजना गरिएको छ l नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सो को आयोजना गरेको हो l आज बेलुका साँझ ५ बजे हुने सोको टिकट मूल्य रु १००० राखिएको छ l यसबाट उठेको रकम कोभिड -१९ को महामारीबाट प्रभावित व्यक्तिलाई प्रदान गरिने इक्यानका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भवनाथ हुमागाईँले जानकारी दिए । उनले भने, ‘इक्यानले विगतमा जस्तै यसबाट उठेको रकम पीडितलाई सहयोगको रुपमा उपलब्ध गराउँछ । कुन कार्यक्रममा सहयोग गर्ने भन्ने छिट्टै घोषणा गर्छौ ।’ फिल्मलाई इक्यानका पूर्व उपाध्यक्ष महेशबाबु तिमल्सिनाले निर्माण गरेका हुन् l चैत ४गतेबाट सिनेमा घरमा लाग्ने फिल्ममा दिव्य देव, निहुन श्रेष्ठ, नवीन लम्साल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय छ । भूपी शेरचनको कविता ’चिसो एस्ट्रे’माथि फिल्म बनेको हो l