नेपाली टेलिभिजन एपिवानबाट प्रशारण हुने कार्यक्रम नेपाल आइडलको टप ४ बाट सागर आले बाहिरिएका छन् । चितवनका सागर भने टप ३ मा भने पुग्न सकेनन् । केही हप्ता अघि देखि पनि बटम तीनमा पुगेका सागर यो साता बाहिरिएका हुन्। बटम तीन याे साता नभए पनि सागरले सबै भन्दा थोरै भोट ल्याएर बाहिरिएका हुन् । अव कतारमा हुने फाइनलमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई पुगेका छन् । असोज ६ गते नेपाल आइडलको फाइनल हुने तयारी भैरहेको छ ।