फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्मलाई एनएसके मिडिया नेपालको व्यानरमा निर्माण गरिन लागिएको हो l बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मान्छेहरूको कथामा रहने फिल्म चैतको अन्तिम साताबाट फ्लोरमा उत्रने छ l शान्ता शर्माको लगानीमा निर्माण हुने फिल्मको कथा रामकृष्ण बुड्थापाले लेखेका हुन् l फिल्मको कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ । हाल सम्म फिल्ममा अभिनय गर्ने नायक र नायिका फाइनल भैसकेका छैनन् l निर्माण टिम यती बेला दुई नायक र दुई नायिकाको खोजी गरी रहेका छन् l शोभित बस्नेतले पछिल्लो पटक फिल्म ‘डाँडाको वरपीपल’को निर्देशन गरेका थिए ।