बंगाली नायिका रुपा दत्ता पक्राउ परेकी छिन् । पकेट मारेको आरोपमा प्रहरीले दत्तालाई पक्राउ गरेको हो । प्रहरी चौकी स्रोतका अनुसार शनिवार एक महिलाले डस्टबिनमा झोला फाल्दै गर्दा शंका लागेर प्रहरीले ती महिलालाई सोधपुछ गरेको थियो । साथै उनको झोलाको पनि खानतलासी गरिएको थियो । त्यसमा प्रहरीले धेरै नगद बरामद गरेको थियो भने प्रहरीले त्यसमा अरू थुप्रै पर्स भेट्टाएको थियो । अनुसन्धानमा ती महिलाले पनि आफूले विभिन्न ठाउँमा गएर यस्तो गरेको स्वीकार गरिन् । महिलाले मेला, कार्यक्रम र मानिसहरूले भरिएको स्थानहरू गएर पकेट मार्ने गरेको बताइन् । पछि ती महिला रुपा रहेको खुल्न गएको भारतीय संचारमा उल्लेख छ l