भारतिय नायिका आलिया भाट्ट र नायक रणवीर कपूर विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ l बलिउड सञ्चार माध्यमा समाचार सम्प्रेषण भएअनुसार यी दुईले अक्टोबर २०२२ मा विवाह गर्ने बताइएको छ l पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनीहरूको योजना रहेको उल्लेख छ । कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो । तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन ।