सुगम पोखरेल र मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत इन्टरनेट रिलिज भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा लय सिर्जना हरि लम्सालले भरेका छन् l

बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन रियल  जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् । भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपीकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय हेर्न सकिन्छ l उक्त भिडियोलाई युट्युब च्यानल आफ्नो मन बाट रिलिज गरिएको हो l