अहिले चर्चा आइरहेको गीत 'पिर' बारे कलाकार दीपक राज गिरीले मुख खोलेका छन् l गायक प्रकाश सपुतको उक्त गीत माओवादी सँग मिल्न गएको आरोप लगाउँदै माओवादी वाइसियलले हटाउन माग गरेको थियो l गिरिले सञ्जालमा स्ट्याटस लेख्दै प्रकाशको गीत बारे मुख खोलेका हुन् l सञ्जालमा दीपक लेख्छन् : पिर गीत असाध्यै राम्रो ! मलाइ पनि छोयो ,धेरै लाई छोएको हुनु पर्छ !तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टी लाई , समूह बनाएरै सराप्न थालेको पनि देखे, त्यस्तो कुन चाहिँ पार्टी छ जहाँ केही मानिसको रजॉइं र केही मानिसको हरि बिजोक भा छैन ? कुन चाहिँ दल का मान्छेले हाम्रो पार्टी मा त्यस्तो अवस्था छँदै छैन भनेर ठोकुवा गर्न सक्छ ? उसैको बिचार बाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तो सराप पनि उसैलाई गर्ने ?हो गीत बन्द गर्न दबाब चाहिँ दिनु गलत नै हो l