चलचित्र ‘शेरबहादुर’ले पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । केही समय अघिमात्र सुटिङ सकाएको ‘शेरबहादुर’ माघ २६ गते प्रदर्शन हुने भएको छ । आर राजवंशी निर्देशित चलचित्रको पहिलो पोस्टरमा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको चलचित्रमा कथा प्रमोद क्षेत्रीको रहेको छ । नाम अनुसार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्म गएता पनि चलचित्र उनको जीवनीको आधारमा नभएको निर्माण पक्षले जानकारी दिएको छ । धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा कोशिस क्षेत्रीको शब्दरसंगीत रहेको छ।