सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीमा कलाकारहरूको पैसा फसेको भन्दै नेपाल चलचित्र संघले न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । एक बिग्यप्ती निकाल्दै संघले रु तीन करोड जति नायिकाहरूको फसेको उल्लेख गरेको छ l नायिकाहरू वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अन्जु कारञ्जित लगायतले बचत गरेको रकम उक्त सहकारीमा फसेको बताइएको छ l जारी बिग्यप्तीमा सहकारीका संचालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको उल्लेख गरिएको छ ।

Cine pati

सहकारी संस्थामा भुवन चैत्य वसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको र संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशिको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको जानकारी गराइएको छ l सिभिल सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।