म्युजिक भिडियो ' शिरमाथि सिरफूल ' इन्टरनेट रिलिज भएको छ l एस् डी योगी र अस्मिता अधिकारीको आवाजमा समावेश गीतलाई युट्युब च्यानल आर्ट बक्स प्रोडक्सन बाट रिलिज गरिएको छ l गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगीकै रहेको छ l छवि लाल तामाङ (शिशिर) को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् l
सुनिल् छेत्रीको कोरीयोग्राफी भिडियोमा देख्न सकिन्छ l नायिका आँचल शर्मा र विज्ञान भिडियोमा फिचर्ड छन् l मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् l सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् l पछिल्लो समय आर्ट बक्सले नयाँ अनुहार गायक र संगीतलाई प्रवर्द्धन गरिरहेको छ l