फिल्म ‘२ नम्बरी’ मा अभिनेता पल शाहको  ठाउँ सौगात मल्लले लिएका छन् l पल शाह जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा भएकाले उनको ठाउँमा निर्माण टिमले सौगातलाई अनुबन्धित गरेका हुन् । कात्तिक ४ गते तिहारलाई रिलिज मिति तय गर्दै निर्माण टिमले फिल्मको छायाङ्कन दोश्रो हप्ता बाट सुरु गर्दै छन् l भैसकेको दृश्य कैदलाई पनि छोडेर निर्माण टिमले फेरी सुरु देखिनै फिल्म खिच्दै छन् l किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।