महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् संगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ । ११ चैत्रमा रिलिज हुने तरखरमा रहेको फिल्म सरेर १८ चैत्र पुगेको हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र विक्रम डी जोशीले लेखेका हुन् । एभरेस्ट सूर्य बोहराको निर्देशन रहेको फिल्ममा फिल्ममा विक्रम डी जोशी, दीपिका प्रसाईँ, प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार वैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको फिल्मको गीतमा विष्णु देवाको कोरियोग्राफी छ । फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् ।