नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौँ संस्करण सुरु हुने भएको छ । प्रत्येक वर्ष हुँदै आइरहेको महोत्सव जुन २३ देखि २६ (असार (देखि १२ गते) सम्म आयोजना हुने भएको हो l संस्करण अनलाइन तथा भौतिक रूपमा आयोजना हुने छ lअमेरिका स्थित वासिङ्टन डिसीमा हुन गैरहेको महोत्सवमा सहभागी जनाउन चाहनेको लागि आवेदन खुल्दै सुरु देखी नै ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्य गर्दै आइरहेको छ l उक्त महोत्सवको २०१७ देखी सुरु हुँदै आइरहेको छ l महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । यस अघिको महोत्सव कोरोनाका कारण अनलाइन भएको थियो l प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डहरूबाट पुरस्कृत पनि गरिनेछ । साथै महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरू पनि आयोजना हुनेछन् ।